सुख भयो भनी नहाँस्नु, दुख भयो भनी नरुनु
अर्थात सुख होस् वा दुख हाम्रो स्वभाव सामान्य हुनुपर्छ । सुख छ भन्दैमा मात्तिनु हुदैन र दुख हुदैमा आत्तिनु हुदैन । हरेक अवस्थामा हामीले अल्लाहलाई सम्झिनु पर्छ ।
हजरत सोहेब (रजि.) को बयान छ कि अल्लाहका नबी (स.) ले भन्नुभयो– आस्थावानको मामिला त आश्चर्यजनक छ किनकि हरेक अवस्थामा उसको लागि राम्रो छ । यो मामिला आस्थावानबाहेक अरु कसैको हुदैन । यदि उसलाई कुनै खुसीको अवस्था आउँछ भने ऊ अल्लाहप्रति कृतज्ञता ज्ञापन गर्छ र यो उसको लागि राम्रो हो । यदि उसमाथि कुनै नराम्रो अवस्था आउछ भने ऊ त्यसमा धैर्य धारण गर्छ र यो उसको लागि राम्रो हो । (सहीह मुस्लिम)
