लिखितमको अगाडि बखतम चल्दैन
अर्थात लिखित रुपमा राखिएको अभिलेखको अगाडि मौखिक रुपमा भनिएको कुराको कुनै हैसियत हुदैन । मौखिक रुपमा भनिएको कुरामा समयको अन्तरालसँगै थपघट हुन वा बिर्सन सकिन्छ । त्यसैले कुरआनमा अल्लाहले हरेक लेनदेन कारोबार गर्दा लेख्ने आदेश दिएका छन् र नबी (स.) ले पनि लेख्न आदेश दिनु भएको छ ।
यदि आफूले लेख्न सकिदैन भने अरुलाई भएपनि लेख्न लगाउने आदेश अल्लाहले दिएका छन् । कुरआनमा भनिएको छ– “हे आस्थावानहरू हो ! तिमीहरू कुनै निर्धारित अवधिका निम्ति आपसमा ऋणको लेनदेन गर्दा त्यसलाई लेख्ने गर । अनि, लेखनदासले तिमीहरुबीच न्यायपूर्वक लेखोस् ।” (कुरआन २:२८२)
