अंशको झगडा बंश रहेसम्म
अर्थात अंशको राम्ररी न्यायपूर्वक बाँडफाँड गरिएन भने त्यसले ब्यूताउँने कलह र झगडा पुस्तौँ पुस्तासम्म चलिरहन्छ । सामान्यतया अंश भनेर पिताको सम्पत्तिबाट सन्तान र अन्य आफन्तले पाउने अंश हो । यसको गम्भिरतालाई मध्यनजर गर्दै मानिसले समय मै न्यायोचित तरिकाले अंशका सम्पूर्ण अधिकारीहरुलाई अंश दिइसक्नु पर्छ ।
इस्लामले पैतृक सम्पत्तिको अधिकारलाई सुनिश्चित गरेको छ । यसमा महिलाको पनि अधिकार हुन्छ र पुरुषको पनि । अंश हुकुल इबाद अर्थात बन्दाको हक हो र यदि यो न्यायपूर्वक वितरण गरिएन र कसैको अधिकार हनन् गरियो भने यस संसारमा झै–झगडा त हुन्छ नै, आखिरतमा पनि अवश्य सजायँ भोग्नु पर्ने हुन्छ । कुरआनमा अल्लाहले भनेका छन्– र जसले अल्लाह एवं उनका रसूलको अवज्ञा गर्छ र उनले निर्धारित गरेका सीमाहरूको उल्लंघन गर्छ, अल्लाहले उसलाई नरकमा होम्नेछन् जहाँ ऊ सदासर्वदा रहने छ । र, उसको लागि अपमानजनक यातना रहेको छ । (कुरआन ४:१४) तसर्थ हामीले न्यायपूर्वक काम लिदै यस उखानको सार्थकताबाट टाढा बस्नुपर्छ ।
