उखान–१४ : भाग्यमा छ भन्दैमा डोकोमा दुध रहदैन

भाग्यमा छ भन्दैमा डोकोमा दुध रहदैन

            कुनै कुरा मेरो भाग्यमा छ भन्दैमा त्यसलाई हासिल गर्न सकिदैन । प्रकृति विपरित गएर कुनै पनि कुरा प्राप्त हुदैन । भाग्यमा भएको कुरालाई पनि प्राप्त गर्न कर्म गर्नु नै पर्छ । कर्म र उचित कार्ययोजना बिना नै भाग्यमा मात्र विश्वास गरी सफलता प्राप्त गर्ने सोच राख्नु मुर्खता हो ।

अल्लाहका नबी (स.) ले भन्नुभयो – अल्लाहमाथि विश्वास राख तर आफ्नो ऊँटलाई बाँध । अर्थात पहिले आफ्नो सोचविचार र कार्ययोजना तयार गर्नुपर्छ अनि सँगै अल्लाहमाथि आस्था राख्नुपर्छ कि उनको कृपाले मैले गर्न लागेको काम असफल हुनेछैन । यो नै भाग्यमाथि आस्थाको अर्थ हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *