उखान–१५ : रात राम्रो जुनले, मान्छे राम्रो गुनले

रात राम्रो जुनले, मान्छे राम्रो गुनले

जसरी जुनेली रात रमणीय र सुन्दर हुन्छ तथा जुनले गर्दा रातको मनमोहकतालाई बृद्धि गरेको हुन्छ त्यसरी नै मानिसको जीवनमा राम्रा गुणहरु भए भने त्यसले मानिसको सुन्दरता र उसको व्यक्तित्वलाई मनमोहक बनाउँदछ । मानिसको जीवनको गहना नै उसमा भएको गुण र व्यवहार हो ।

अल्लाहका अन्तिम सन्देष्टा मुहम्मद (स.) ले भन्नुभयो कि तिमीहरुमध्ये सबैभन्दा उत्तम व्यक्ति त्यो हो जो बानी–व्यवहारमा उत्तम छ । यदि कोही व्यक्तिमा राम्रा गुणहरु भएनन् भने उसलाई सबैले घृणा गर्दछन् । घरपरिवार र समाजमा उसको कुनै इज्जत, प्रतिष्ठा र सम्मान हुदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *