घमण्डको घडा फुट्छ
अथार्त घमण्ड गर्नेहरुको घमण्ड एक न एकदिन टुट्छ र ऊ लज्जित र असफल हुन्छ । अल्लाह भन्छन् कि तकब्बुर (घमण्ड) मेरो च्यादर हो र जसले यसलाई खोस्ने प्रयास गर्छ, म उसलाई अपमानित गर्नेछु । घमण्ड गर्ने व्यक्ति यस संसारमा पनि अपमानित हुन्छ र आखिरतमा पनि सजायँको भागिदार हुनेछ ।
अल्लाहले बारम्बार घमण्डीहरुलाई चेतावनी दिएका छन् र घमण्ड गर्नबाट रोकेका छन् । नबी (स.) ले भन्नुभयो कि घमण्डीहरु नर्कमा जानेछन् ।
भाईबहिनीहरु हो ! हामीले कहिल्यै घमण्ड गर्नुहुदैन बरु हामीले नम्र हुनुपर्छ ।
