घोडा चढ्ने मान्छे लड्छ
अर्थात कुनै कार्य गर्न खोज्ने व्यक्तिले जीवनमा कैयौँ पटक असफलताको सामना गर्नुपर्छ र दृढ संकल्पका साथ मिहिनेत र प्रयास जारी राखेमा उही नै पछि सफल पनि हुन्छ । तर उसले पहिले नै हरेस खाएर प्रयास गर्दैन भने ऊ कहिल्यै सफल हुदैन ।
वैज्ञानिक अल्बर्ट आइन्सटाइनले भनेका छन् कि जसले गल्ती गरेको छैन उसले कुनै नयाँ कार्य गर्ने प्रयास नै गरेको छैन ।
भाईबहिनीहरु हो ! हामीले नयाँ–नयाँ कामहरु गर्ने प्रयास गरी राख्नु पर्छ । कहिलेकाहीँ हामीहरुले कठिनाई र असफलताको पनि सामना गर्नुपर्छ तर कहिल्यै हार मान्नु हुदैन ।
