हुने विरुवाको चिल्लो पात
कुनै पनि व्यक्तिको आजको बानी व्यवहारले उसको भविष्यलाई दर्शाउदछ । एउटा बालकले भोलि आफ्नो कस्तो पहिचान पेश गर्नेछ भन्ने कुरा उसले बच्चैदेखि प्रस्तुत गर्न शुरु गर्छ ।
भाईबहिनीहरु हो ! हामी भविष्यमा कस्तो व्यक्ति बन्न चाहन्छौँ, त्यही अनुरुप कार्यहरु पनि गर्दै जानुपर्छ । आजदेखि नै असल कर्म गर्ने अठोट गरौँ ।
