आँप रोपे आँपै फल्छ
अर्थात हामी जे गर्छौ त्यही अनुरुप नै फल पाउँछौँ । यो सामान्य नियम हो । यदि हामीले आँपको रुख रोप्यौँ भने त्यसमा आँपबाहेक अन्य कुनै फल फल्दैन । हाम्रो जीवनको गाथा पनि यस्तै छ । हामीले अरुसँग जस्तो व्यवहार गछौँ त्यस्तै व्यवहार हामीसँग पनि गरिन्छ ।
यदि हामी अरुबाट राम्रो व्यवहार, आदर, सम्मानको अपेक्षा राख्छा्रैँ भने हामीले पनि उनीहरुसँग राम्रो व्यवहार र आदर सम्मान गर्नुपर्छ ।
सांसारिक जीवनमा मात्र होइन, पारलौकि जीवनमा पनि यो नियम लागु हुन्छ । यस संसारमा हामीहरुले गरेको कर्मको आधारमा नै आखिरतमा फल पाइने छ । यदि हामी आखिरतमा राम्रो फलको अपेक्षा राख्छौँ भने हामीले त्यही अनुरुप राम्रो कर्म गर्दै जानुपर्छ । नत्र आँपको बोट रोपेर अंगुर खान पाइदैन ।
