कर्मको आधार नियतमाथि हुन्छ

कर्मको आधार नियतमाथि हुन्छ

उमर इब्ने खत्ताब (रजि.) को भनाई छ कि अल्लाहका नबी मुहम्मद (स.) ले भन्नुभयो- “कर्मको आधार नियत (मनसाय) माथि हुन्छ र प्रत्येक व्यक्तिले त्यही प्राप्त गर्छ जसको उसले नियत गरेको हुन्छ । तसर्थ जसले सांसारिक फाइदा वा कुनै महिलासँग बिहे गर्नको लागि हिजरत (बसाइसराई) गर्छ, उसको हिजरत त्यसैको लागि हुन्छ जसको लागि उसले हिजरत गर्यो ।” (सहीह बुखारी र मुस्लिम)

बयानकर्ता : उमर इब्ने अल् खत्ताब
उमर इब्ने अल् खत्ताब मुहम्मद (स.) का सहाबी (साथी) थिए । उनलाई उमर अल् फारूक पनि भनेर चिनिन्छ जसको अर्थ हो “सत्य र असत्यबीच फरक गर्ने व्यक्ति – उमर” । उनी क़ुरैश कबीलाको बनु अदी परिवारबाट थिए । उनी दोस्रो खलीफा थिए ।

यस हदीसले सिकाएको पाठ
१. अल्लाहले हाम्रो नियतको आधारमा हाम्रो कर्मको मूल्यांकन गर्दछन ।
२. हाम्रो नियत कै आधारमा कर्मको प्रतिफल पाइन्छ ।
३. हामी सांसारिक कारण वा लाभको लागि पनि हिजरत गर्न सक्छौ ।
४. हिजरत गर्नुपर्ने सबभन्दा उत्तम कारण आफ्नो ईमानमा वृध्दि र त्यसको सुरक्षाको लागि हिजरत गर्नु हो ।

छलफलको विषय
१. यस हदीसका बयानकर्ता को हुन ?
२. तिम्रो परिवारले हिजरत गर्नुपर्ने एउटा राम्रो उदाहरण र कारण देऊ ।
३. कुनै राम्रो कार्य गर्नु अघि हामीले अल्लाहलाई प्रसन्न पार्नको लागि आफ्नो हृदयमा राम्रो नियत गर्नुपर्छ – ठीक वा बेठीक ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *