उखान–१७ : चिनीको नाम जपेर मुख गुलियो हुदैन

चिनीको नाम जपेर मुख गुलियो हुदैन

चिनीको नाम जपेरै मुख गुलियो हुदैन अर्थात कुनै कुराको ज्ञान हामीलाई छ भने त्यसलाई हामीले आफ्नो जीवनमा लागू गरेपछि मात्र त्यसले राम्रो प्रतिफल दिन्छ । हामीले यस कुरालाई यसरी पनि बुझौँ कि यदि हामीलाई ज्वरो आयो र डाक्टरले यो फलानो औषधी किनेर खानु भन्यो, तर हामी त्यस औषधीलाई नखाई त्यसको नाम मात्र जपेर बस्यौँ भने के रोग निको होला त ?

कदापि हुदैन । त्यसरी नै अल्लाहले पठाएका ग्रन्थ कुरआनलाई हामी नबुझी पढीरह्याैँ तर त्यसमा बताइएका निर्देशनहरुलाई आफ्नो जीवनमा लागू गरेनौँ भने के हामी यस संसारमा र आखिरतमा सफलता प्राप्त गर्न सक्नेछौँ र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *