उखान–१२ : भाग्यको लेखा भोग्नै पर्छ

भाग्यको लेखा भोग्नै पर्छ

            अर्थात भाग्यमा लेखिएको कुरा पुरा भएरै छोड्छ । यो भाग्य भनेको घटनाहरूका बारेमा ईश्वरीय पूर्व–निर्णय हो जो घटेरै छाड्नेछ । इस्लामको आस्थाका आधारहरुमध्ये भाग्यमाथि आस्था राख्नु पनि एक हो । तर यसको यो अर्थ कदापि होइन कि मानिसहरूलाई इच्छा र कार्य–स्वतन्त्रता छैन ।

मुसलमानहरूको त यसमा दृढ आस्था छ कि मानिसहरूलाई अवश्य पनि इच्छा र कार्य–स्वतन्त्रता दिइएको छ । तसर्थ उनीहरू राम्रो र खराबमध्येबाट आफ्नो लागि जुनै पनि बाटो रोज्न स्वतन्त्र छन् र यसको सम्पूर्ण दायित्व पनि उनैको हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *