अर्काको नासो गलाको पासो
यदि हामीकहाँ कसैको नासो छ भने त्यसले पूर्ण सुरक्षित रुपमा उसलाई फर्काउनु हाम्रो कर्तव्य र ठूलो जिम्मेवारी हुन्छ । यदि त्यस नासो, मालसामान वा सम्पत्तिमा कुनैपनि किसिमको हानिनोक्सानी भयो भने त्यसको जवाफदेहिता हाम्रो हुन जान्छ ।
अल्लाहका अन्तिम सन्देष्टा मुहम्मद (स.) लाई अरबबासीहरुले ‘अमीन’ अर्थात नासोवाहकको उपनामले चिन्दथे । उहाँ (स.) का शत्रुहरु पनि आफ्नो बहुमूल्य वस्तुहरु उहाँकहाँ राख्ने गर्दथे र फिर्ता लिदा जस्ताको त्यस्तै पाउँथे । नासोमा बेइमानी गर्नेहरुविरुद्ध अल्लाहले कडा चेतावनी दिएका छन् ।
भाइबहिनीहरु ! हामीकहाँ पनि यदि कसैको नासो छ भने हामीले पूर्ण जिम्मेवारीका साथ त्यसलाई सुरक्षित राख्नुपर्छ ।
