कि पढेर जानिन्छ कि परेर जानिन्छ
मुख्य दुईवटा कुराले मानिसले शिक्षा ग्रहण गर्ने गर्छ । पहिलो यो कि पुस्तकहरु पढ्ने त्यसमा लेखिएका कुराहरु बुझ्ने र शिक्षा लिने । अर्को यो हो कि मानिसको जीवनमा आइपरेका परिस्थिति र समस्याहरुबाट शिक्षा लिने । अल्लाहका नबी (स.) यी दुबैलाई महत्व दिनुभएको छ ।
एउटा हदीसमा उहाँ (स.) ले भन्नुभयो कि शिक्षा हासिल गर्नु प्रत्येक मुस्लिममाथि अनिवार्य छ र अर्को हदीसमा भन्नुभएको छ कि एकजना आस्थावान व्यक्ति एउटै प्वालबाट दुईचोटी डंस खादैन । त्यसैले हामीहरुले प्रत्येक कुराबाट शिक्षा लिई जागरुक र सचेत हुनु पर्छ ।
