उखान–३ : आफू भलो त जगत भलो

आफू भलो त जगत भलो

            अर्थात संसार राम्रो हुनलाई पहिले हामी राम्रो हुनुपर्छ । यो संसार व्यक्ति–व्यक्ति मिलेर बनेको छ । प्रत्येक व्यक्ति आफूलाई राम्रो बनाउन मिहिनेत गर्यो भने यो संसार अवश्य पनि भलादमीहरुको हुनेछ ।    

            भाईबहिनीहरु हो ! अरुको नराम्रो कुरामाथि टिप्पणी गर्नु र उपदेश दिनुभन्दा पहिले हामीले आफ्नो कमीकमजोरीहरु र कर्ममाथि पनि ध्यान दिनु आवश्यक हुन्छ । कुरआनमा अल्लाहले भनेका छन्,“हे आस्थावानहरू हो ! तिमीहरू त्यो कुरा किन भन्छौ जुन तिमीहरू गर्दैनौ ?” त्यसैले संसारलाई राम्रो बनाउन हामी पनि असल बन्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *